निजी लगानीमा मन्दिर निर्माण

मनहरी, ५ पुस: हेटौंडाका एक जना समाजसेवीले रु एक करोड ५० लाखको लगानीमा मन्दिर निर्माण गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिका– ७ निवासी दलबहादुर खड्काले सोही वडाकोे नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गर्नुभएको हो । सत्र वर्ष वनस्पति घ्यु उद्योगमा काम गर्नुभएका खड्काले २० वर्ष कुखुरा व्यवसाय सञ्चालन गर्नुभयो । व्यावसायिक कुखुरापालन गर्दा देशको […]

Continue Reading

बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतङ्क

ढोरपाटन (बागलुङ), १ पुस : बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन् । एक दशक अगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन् […]

Continue Reading

राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने सचिव लम्सालको प्रतिबद्धता

काठमाडौँ, २९ मङ्सिर : नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज पद बहाली गरेपछि रासससँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो । “मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी […]

Continue Reading

होम्ताङ पिखुवा लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा

भोजपुर, २९ मङ्सिर : होम्ताङ पिखुवा लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । भोजपुरको हतुवागढी गाउँपालिकामा अनुमानित कूल रु ३० करोड ९० लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो । पानीको समस्यामा रहेका हतुवागढीको वडा नं १, ५ र ६ का करिव एक हजार चार सय ६९ घर परिवारलाई पिउने पानी पु¥याउने […]

Continue Reading

आलेख : ‘माग बढ्दो तर स्रोतमै पानी घट्दो’

जनकपुरधाम, २९ मङ्सिरः सर्लाहीको वाग्मती नदी आसपासका जमिन हराभरा हुन थालेको धेरै भएका छैनन् । तीस वर्षअघिसम्म नदी किनारका बगर घर छाउन प्रयोग हुने खरले ढकमक्क ढाकेका र अरु अधिकांश ठाउँमा मकैखेती मात्रै हुने गरेको अवस्था सर्लाहीको बर्थना हजरियाका लक्ष्मी महतोको मानसपटलमा ताजै छ । तर अहिले भने त्यो अवस्था छैन । हिजोको बगरमा आज […]

Continue Reading

सोलुखुम्बुमा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ सुरु

सिलगुढी (सोलुखुम्बु), २९ मङ्सिर : पर्यटकीय जिल्ला सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दूधकोशी गाउँपालिकामा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को शुभारम्भ गरिएको छ । गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्माण गरिएको उक्त पदमार्गलाई नयाँ गन्तव्यको रूपमा सुरुआत गरिएको हो । माप्य दूधकोशी–५, सिलगुढी डाँडामा आज आयोजित एक समारोहमा कोशी […]

Continue Reading

रासससँग सांसद संवाद : संसद्लाई प्रभावकारी र परिणाममुखी बनाउनु पर्छ : साह

काठमाडौँ, २९ मङ्सिर : बलियो चुनावी दलीय गठबन्धनलाई पाखा लगाउँदै स्वतन्त्र उम्मेदवारका हैसियतले प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा आफ्ना पक्षमा पार्न सफल किरणकुमार साह संसद्को पहिलो बैठकमा बेग्लै पहिचान स्थापित गरी चर्चामा आउनुभयो । अधिकांशले नेपाली र केहीले आ–आफ्ना मातृभाषामा सपथ लिइरहेका बेला उहाँले प्रतिनिधिसभाको पहिलो बैठकमा संसारको पुरानो संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिएर […]

Continue Reading

डुङ्गा संरक्षणमा जुटे रामेछापका माझी

मन्थली (रामेछाप), २८ मङ्सिर : कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रुपमा मानिएका काठका डुङ्गा लोप हुन थालेपछि रामेछापका माझी संरक्षणमा जुटेका छन् । सडक विस्तार तथा पुलहरु निर्माण भएसँगै माझी जातिको पहिचानका रुपमा रहेको डुङ्गा लोप हुँदै गएपछि यहाँका माझी समुदाय संरक्षणमा जुटेको हुन् । माझी समुदायको संस्कृतिसँग जोडिएको डुङ्गा तार्ने पेसा लोप […]

Continue Reading

अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री डा महत

पाटन(ललितपुर), २८ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराउनु भएको छ । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उहाँले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै […]

Continue Reading

जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित

ढोरपाटन (बागलुङ), २८ मङ्सिर : बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहर पनि बढ्दै गएको […]

Continue Reading