खास खबर

कञ्चनपुरको बेलौरीमा ५ वर्ष भित्र रगत संकलन केन्द्र (ब्लड बैंक) सञ्चालन गरिने ।। विशेष कुराकानी

हरिश चन्द्र बाग, कञ्चनपुर ।

कञ्चनपुरको बेलौरीमा अबको पाँच वर्ष भित्र रगत संकलन केन्द्र (ब्लड बैंक) सञ्चालन गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी बेलौरी उपशाखाको शनिबार सम्पन्न २३ औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उक्त लक्ष्य राखिएको नेपाल रेडक्रस सोसाइटी बेलौरी उपशाखाका सभापति बिष्णु प्रसाद तिवारीले बताउनु भयो ।

 

यस अघि वि.सं. २०७१ बैशाखमा रगत संकलन केन्द्र (ब्लड बैंक) सञ्चालन गर्ने र आफ्नै भवन निर्माण गर्ने उद्देश्यले सञ्चालित महायज्ञबाट संकलित रकमबाट भवन निर्माण गरिएको थियो । अहिले ब्लड बैंक सञ्चालनका लागि भौतिक संरचना निर्माणको कार्य भइरहेको र आवश्यक सहयोगका लागि स्थानीय, प्रदेश र संघीय सरकार संग समेत पहल गर्ने कार्य जारी रहेको नेपाल रेडक्रस सोसाइटी बेलौरी उपशाखाका सचिव शेर बहादुर बिष्टले बताउनु भयो । 

 

शनिबार एक कार्यक्रमका बीच आफ्नै भवनमा उपशाखाको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी बेलौरी उपशाखाका सभापति बिष्णु प्रसाद तिवारीले बताउनु भयो ।

 

थप विवरण सहित प्रस्तुत छ, नेपाल रेडक्रस सोसाइटी बेलौरी उपशाखाका सभापति बिष्णु प्रसाद तिवारी संग गरिएको संक्षिप्त कुराकानी ।

 

<