खास खबर

कञ्चनपुरको पुनर्वासमा श्रीमती माथि बन्चरो प्रहार गरी श्रीमानले गरे प्रहरी समक्ष आत्मसमर्पण ।।

किशोर तामाङ, कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वासमा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती घाईते  भएकी छिन ।

 

पुनर्वास नगरपालिका वडा नं. ३ आईबीआरडी बजारमा रामबहादुर नेपालीले बिहिबार बिहान आफ्नै श्रीमती रिता नेपालीलाई बन्चरो प्रहार गरी सख्त घाइते बनाएका छन । खुट्टामा प्रहार गरी श्रीमतीलाई घाइते बनाएपछि श्रीमान रामबहादुर नेपाली पुनर्वासको अस्थायी प्रहरी पोष्टमा आत्म समर्पण गर्न गएका थिए । 

 

घाइते रिता नेपालीको आईबिआरडी स्थित पुनर्वास पोलिक्लिनिकमा उपचार असम्भव भएपछि धनगढी रिफर गरेको  डक्टर सागर केसीले जानकारी दिनुभयो । अहिले दोषी रामबहादुर ईलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले जानकारी दिनुभएको छ ।

 

निजलाई  सामान्य पुछताछ पश्चात किटानी जाहेरीको आधारमा थप अनुसन्धानका लागि जिल्ला पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक कर्ण बहादुर बमले बताउनुभयो ।

<