खास खबर

कञ्चनपुरको पुनर्वासमा विपन्न बालबालिकालाई दुई सय पाँच थान न्यानो सुईटर वितरण ।।

धन बहादुर बिक, कञ्चनपुर, २६ पुस ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक संस्थाले विपन्न बालबालिकालाई दुई सय पाँच थान न्यानो सुईटर वितरण गरेको छ । पुनर्वास नगरपालिका स्थित ग्रामीण जागरण विकास संघ ( राडा नेपाल ) ले  एक कार्यक्रमको अायोजना गरि  विपन्न परिवारका बालबालिकालाई उक्त न्यानो सुईटर वितरण गरेको हो ।


संस्थाका अध्यक्ष राजेन्द्र बहादुर धामीले दिएको जानकारी अनुसार वैदेशिक रोजगारीमा कार्यरत स्थानीय यूवाहरूले गरेको अार्थिक सहयोग रकमबाट विद्यालयका बालबालिकालाई उक्त न्यानो सुईटर वितरण गर्न सकिएको हो । 


संस्थाले पुनर्वासका १८ वटा सामुदायिक विद्यालयका २ सय ५ जना विपन्न बालबालिकालाई चिसोको समयमा विद्यालय अावतजावतमा सहज होस भन्ने उदेश्यले वैदेशिक रोजगारीमा रहेका सहयोगी दाताहरूको सहयोगमा उक्त न्यानो सुईटर वितरण गर्न सकिएको सचिव रूपेश खरेलले बताए ।  


पुनर्वास नगरपालिका स्थाई घर भई वैदेशिक रोजगारीमा कार्यरत अमेरिकाबाट शिव बिष्ट, सरस्वती शर्मा, होमनाथ ढकाल, सर्बज्ञ वाग्ले, खडानन्द रेग्मी, सोम प्रशाद भट्ट र  बाबुराम पन्थी लगायत सात जना यूवाहरूले विपन्न बालबालिकालाई न्यानो सुईटर वितरण गरिदिने भनी अार्थिक सहयोग उपलब्ध गराएपछि उक्त सहयोगको कार्यक्रम गर्न सकिएको  संस्थाका उपाध्यक्ष माधव रोकाले बताए । 


सो अवसरमा सहयोगी दाताहरूका अभिभावकलाई समेत संस्थाले सम्मान गरेको थियो । यसअघि पनि गत बर्ष संस्थाले पुनपा ६ स्थित सुकुम्बासी टोलमा रहेको बाल जाग्रिति अाधारभुत विद्यालयमा पनि न्यानो सुईटर वितरण गरेको थियोे । अागामि दिनमा पनि यस्तै सहयोग जुटाएर सामाजिक क्रियाकलापमा समेत अग्रसर हुदै जाने संस्थाले जनाएको छ । 


क्लबले यसरी विपन्न बालबालिकालाई चिसो मौसममा न्यानो  सुईटर वितरण गरेकोमा संस्थाका पदाधिकारी लाई नगर प्रमुख जिवनराज थापाले धन्यवाद दिनुभएको थियो । संस्थाका अध्यक्ष राजेन्द्र बहादुर धामीको सभापतित्वमा भएको सुईटर वितरण कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जिवनराज थापा रहनुभएको थियो भने बिशिस्ट अतिथिमा नगर उपप्रमुख सारदा बिष्ट रहनु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव रूपेश खरेलले गरेका थिए ।

<