खास खबर

प्रवासी नेपालीहरुको सहयोगमा विपन्न परिवारलाई न्यानो कम्बल वितरण ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
प्रवासी नेपालीहरुको सहयोगमा कञ्चनपुरको बेलडांडी र बेलौरीका ७० विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । कोरिया र मलेशियामा रहेका सुदूरपश्चिमका युवाहरुको सहयोगका यहाँका असहाय, गरीब, विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।

 


कञ्चनपुरको बेलडांडीका ५५ परिवार, बेलौरी नगरपालिका १० शिवनगरका १५ परिवार, कृष्णपुर नगरपालिकाको वाणीका १५ परिवार, गुलरियाका २० परिवार, महाकाली नदि किनारका १५ परिवार, ढक्का चान्देव शिविरका १० परिवार, कैलालीको लम्कीमा रहेका वादी समुदायका ३० परिवार र टिकापुरका ३० परिवारलाई गरी कञ्चनपुर र कैलालीमा कम्बल बाढ्ने योजना रहेको उक्त अभियानलाई स्वस्फुर्त रुपमा सघाइरहनु भएका बेलडांडीका युवा सचिन कठायतले बताउनु भएको छ । 

 


उक्त अभियान अन्तर्गत कञ्चनपुरको बेलडांडी गाउँपालिका भित्रका ५५ विपन्न परिवारलाई चिसोबाट बचाउन बुधवार एक कार्यक्रमका बीच कम्बल वितरण गरिएको बेलडांडीका युवा समाजसेवी एकेन्द्र शाहले जानकारी दिनुभयो । “सुदूरपश्चिम समाज कोरिया र मलेसिया लगायतका देशहरुमा बैदेशिक रोजगारीको सिलशिलामा रहेका नेपाली दाजुभाईको आर्थिक सहयोग र बेलडांडी स्वस्फूर्त समाज प्रेमी युवाको सहजीकरणमा बेलडांडीका अति विपन्न ५५ परिवारलाई न्यानो बाढौँ अभियान कार्यक्रम अन्तर्गत कम्बल वितरण गरियो” उहाँले भन्नुभयो । 

 


स्वस्र्फुत युवा समाज बेलडांडीको अयोजनामा आर्थिक रुपले पछाडी परेका विपन्न परिवारलाई केही राहत होस् भन्ने उद्देश्यले न्यानो कम्बल वितरण गरिएको सुदूरपश्चिम समाजका युवा लोक बहादुर बलायरले बताउनु भयो । बेलडांडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री, उपाध्यक्ष कमला कार्की, वडा अध्यक्षहरु, सदस्यहरु लगायत राजनितिकर्मी, समाजसेवी सहितको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको उहाँले बताउनु भयो ।

 


सुदूरपश्चिम समाज कोरिया र मलेसियामा रहेका युवाहरुको आर्थिक सहयोगमा सञ्चालन गरिएको  न्यानो बाढौँ अभियान अन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकाको शिवनगरका १५ विपन्न, असहाय परिवारलाई कम्बल वितरण गरिएको अर्का युवा कमल प्रसाद उपाध्यायले जानकारी दिनु भएको छ । सुनगाभा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लाल बहादुर शाही, समाजसेवी तारा देवी खड्का, अर्जुन बहादुर सिंह लगायतले हस्तान्तरण गरेको उपाध्यायले बताउनु भयो ।

 

कोरियामा संयोजक धर्मराज जोशी, सदस्य सन्तोस सुवर्णकार लगायत ७ जना, मलेसियामा दिपक चौहान, बेलडांडी र बेलौरीका लागि सचिन कठायत, एकेन्द्र शाह, कमल प्रसाद उपाध्याय, लोक बहादुर बलायर लगायतका युवाहरुको सकृयताका न्यानो बाढौँ अभियान सञ्चालन गरिएको छ ।


 

<