कृषि/पर्यावरण

देश विकासको मेरूदण्ड  भनेको नै सहकारी हो  : सांसद तारा लामा तामाङ ।।

धन बहादुर बिक, कञ्चनपुर ।
सहकारी लाई अायमुलक व्यवसाय तर्फ अग्रसर गराउन सकेमा सहकारी मा अाबद्ध सेयर सदस्य को अार्थिक सुधार संगै देश  विकासमा समेत टेवा पुर्याउन सकिने शुक्रबार पुनर्वासमा अायोजित एक सहकारीको साधारण सभामा  सुदूरपश्चिम प्रदेश सांसद तारा लामा तामाङले जोड दिनुभयो ।

 

पुनर्वास स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १५ अौ बार्षिक साधारणसभा का अवसरमा प्रदेशसभा सांसद लामाले  देश विकासको मेरूदण्ड  भनेको नै सहकारी भएको बिषयलाई जोड दिंदै सहकारी लाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकिएमा ग्रामीण भेगमा रहेका सेयर सदस्य को अार्थिक सुधार हुनु संगै देश विकास मा समेत टेवा पुर्याउन सकिने कुरा बताए । 

 


सांसद लामाले सुदूरपश्चिम प्रदेशका सहकारी लाई अझ व्यवस्थित र अायमुलक  संग जोड्न छिट्टै नै सहकारी एेन ल्याउने तयारी भैरहेको बताए । करिब ३५ भन्दा बढी सहकारी सञ्चालनमा रहेको पुनर्वास मा यउटै उदेश्य संग मिल्दोजुल्दो सहकारी लाई अब मर्ज गर्दै  कारोबार वृद्धि गरि उधोग सञ्चालन गरि रोजगार को वातावरण सृजना गर्नुपर्ने कुरामा जोड दिएका थिए । 

 

साधारणसभामा संस्था कि कोषाध्यक्ष निर्मला पोख्रेलले अार्थिक बर्ष ०७४/०७५ मा जम्मा वचत रकम ४ करोड ३० लाख ९७ हजार ६५९  त्यसतै ऋण लगानी १४ करोड ३२ लाख ७९ हजार २९८  । सेयर रकम १ करोड ४० लाख ३० हजार दुई सय बराबर अार्थिक प्रतिवेदन प्रस्तुत गरेकि थिईन ।

 

३ सय १६ जना समूह संख्या र १ हजार नौ सय ६८ सेयर सदस्य रहेको साना किसान सहकारीको १५ अौ बार्षिक साधारणसभामा  बार्षिक तथा सांगठनिक प्रतिवेदन संस्था कि अध्यक्ष शोभा सुंयलले गरेकि थिईन । अध्यक्ष सुंयलको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि प्रदेशसभा सांसद तारालामा तामाङ रहनुभएको थियो ।

 


त्यस्तै बिशिस्ट अतिथिमा पुनर्वास नगरपालिका उप प्रमुख सारदा बिष्ट धामी , साना किसान सहकारी अत्तरियाका प्रबन्धक विदुर अर्याल लगायत रहनुभएको थियोे भने अतिथि हरूमा विभिन्न सहकारी का अध्यक्ष व्यवस्थापक लगायत रहेका थिए ।

<