खेलकुद

पुनर्वासले राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नेछ : नगरप्रमुख थापा, (उपाधि आयोजक कालिकालाई )

किशोर तामाङ, कञ्चनपुर  ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा सञ्चालित  ख्रिष्टमस बिशेष खुल्ला पुरुष दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिताको फाईनल खेल आज सम्पन्न भएको छ । 
पुनर्वास नगरपालिका वडा नं ३ स्थित ६५ बिगाहा क्षेत्रमा रहेको आफनै घरेलु मैदानमा सञ्चालन गरिएको सो फुटबल प्रतियोगिता आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

 

राम बहादुर तामाङको सभापतित्व र पुनर्वास नगर प्रमुख जीवनराज थापाको प्रमुख अतिथ्यमा सम्पन्न भएको ख्रिष्टमस बिशेष वडा स्तरीय  खुल्ला फुटबल प्रतियोगिता मा  बिशिष्ट अतिथ्यमा   कञ्चनपुर फुटबल संघका उपाध्यक्ष जीतबहादुर तामाङ ,जिल्ला खेलकुदका सदस्य कृष्ण तामाङ र वडाध्यक्ष सुपा तामाङ रहेको थियो । यसरीनै अतिथिमा पार्टी प्रतिनिधिहरु, समाज सेवी ,पास्टर,शिक्षकहरू,चन्दा सहायोगदाताहरु खेलप्रेमी क्लब का अध्यक्षहरु र सञ्चारकर्मीहरु  अतिथिको रुपमा आसिन रहेको थियो ।

 

दोस्रो वडा स्तरिय मैत्रिपूर्ण फुटबल प्रतियोगिता मा जम्मा२० टीमको सहभागिता रहेको  मा सम्पुर्ण  टिमलाई पछि पार्दै फाईनल उपाधि का लागि  आयोजक कालिका युवा क्लब  र राम युवा क्लव पुग्न सफल भएको थियो  । भानु युवा क्लबलाई सेमीफाइनलमा सतम्भ पार्दै आयोजक कालिकाले फाइनलको यात्रा तय गरेका थिए भने राम  युवा क्लबले सिदार्थ युवा क्लबलाई सेमीफाइनलमा सतम्भ पार्दै फाईनल खेलमा प्रवेस गरेका हुन ।

 


सो समापन कायक्रममा प्रमुख अतिथिको आसनबाट नगरप्रमुख जिवन राज थापाले  खेलकूद जगतले पनि यस क्षेत्रको चौतर्फी बिकास गर्न सकने र यसको लागी नगरस्तरीय खेलकुद विकास समिति हालै गठन भएको जानकारी गराए । अब पुनर्वासले राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नेछ र पुनर्वास नगरस्तरिय खेलकूद बिकास समिति यो कुरामा लागि पर्ने बताउनु भयो ।
यसरीनै बिशिष्ट अतिथ्यमा जिल्ला फुटबल संघका उपाध्यक्ष जीतबहादुर तामाङले राम्रा खेलाडीहरुका लागि अघि बढ्न अनुशासन उतिनै महत्व राख्ने जिकिर गर्नुभयो ।

 

आजको फाईनल खेल  मैत्रिपूर्ण र  प्रतिष्पर्धात्मक ढगबाट अघि बढिरहेको  अवस्थामा  खेल निकैनै  रोचक रहेको थियो । खेलको दौरानमा  कुनैपनि टीमले गोल भने गर्न सकेनन् । आयोजक र दुवै टिमको निर्णयमा  खेलको नतिजा पेनाल्टी सुट आउट बाट निर्धारण गरिएको थियो ।पहिलो राउण्ड पेनाल्टी सुट आउटमा समेत बराबरीमा पुगे पछि पुन  पेनाल्टी गर्दा ०-१ गोलको अन्तरले राम  युवा क्लव राम बस्तीलाई पाखा लगाउदै आयोजक कालिका युवा क्लबले दोस्रो वडा स्तरिय चुनावी मैत्रिपूर्ण फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

 

 बिजेता समुहले नगद ६१ हजार ट्रफी   र प्रमाणपत्र उपविजेता ले नगद ४१ हजार ट्रफी  र प्रमाणपत्र प्राप्त  गरेको  छ  । सो पुरस्कार प्रमुख अतिथि नगर प्रमुख जीवनराज थापा, जिल्ला फुटबल संघका उपाध्यक्ष जीतबहादुर तामाङ र वडा अध्यक्ष सुपा तामाङ ले सयुक्त रुपमा प्रदान गरेको थियो ।

 

यस खेलमा सर्वाधिक गोलर्कताको उपाधि कालिका युवा क्लबका खेलाडी सुरज तामाङले हात पारेको छ । तामाङले जम्मा ६गोल गरेका थिए र  लामिछाने बस्त्रालयबाट तामाङलाई गिफ्टह्य्मपर कम्बल उपलब्ध गरिएको थियो । यसरीनै  बेष्ट प्लेयर कालिका युवा क्लबका सुशिल तामाङ,बेष्ट किप्पर रोहित तामाङ ,बेष्ट डिफेन्डर सलमान तामाङ र बेष्ट मिड फिल्डर राम युवाक्लबका बेबिलोन तामाङ घोषित भएको आयोजक समितिका सचिव दल बहादुर तामाङ ले जानकारी दिनुभयो  ।

 


आयोजकले यस खेलमा सहायोग गर्ने ब्यक्तिहरुलाई  प्रमुखअतिथि नगरप्रमुख द्धारा सम्मान पत्र प्रदान गराईएको थियो । गोर्खा आधारभुत बिधालयका अध्यक्ष बुद्धिमाया तामाङ को स्वागत मन्तव्य बाट शुरु भएको यस फुटवल प्रतियोगिता को समापन समारोहलाई जित बहादुर तामाङ (तिलक)ले सञ्चालन गर्नुभएको थियो ।

<