ताजा खबर

स्वास्थ्य

कञ्चनपुरका तीनवटै प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र स्थापना गरिने ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरका तीनवटै प्राथमिक स्वास्थ्य केन्द्रहरूमा सर्पदंश उपचार केन्द्र स्थापना गरिने भएको छ । 


सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी, बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्र बेलडांडी र दोधारा प्राथमिक स्वास्थ्य केन्द्र महाकालीमा सर्पदंश उपचार केन्द्रका लागि पाँच लाखका दरले बजेट विनियोजन गरिएको छ । 

 

सामाजिक विकास मन्त्रालयले कञ्चनपुरका तीनवटै प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार सेवा तथा व्यवस्थापन शीर्षकमा जम्मा १५ लाख रकम विनियोजन गरेको र अब छिट्टै कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।


कञ्चनपुरको बेलौरीमा सर्पदंश उपचार केन्द्र स्थापनाका लागि गत महिना बेलौरी उद्योग बाणिज्य संघले आयोजना गरेको प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, अौद्योगिक, व्यापार मेलामा बिक्री भएका टिकटबाट समेेत प्रति टिकट रू. १ का दरले सहयोग गर्ने बताइएको छ ।

<