ताजा खबर

खास खबर

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको शुभकामना आदान-प्रदान ।।

कञ्चनपुर ।

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले दशैं, तिहार र छठ पर्वको अवसरमा शुभ कामना आदानप्रदान कार्यक्रम गरेको छ । सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ्गको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रम गरिएको छ । 

 

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य जयदेब जोशी, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट, जिल्ला समन्वय समितिका संयोजक फैरु तामाङ्ग, पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापा, माहाकाली नगरपालिकाका नगर उप प्रमुख चिनी गिरी, आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष गौराज बहादुर लिम्बू लगायतका सहभागी भएका छन् । 

 

संगठनका जिल्ला अध्यक्ष देबदत्त जोशीको सभापतित्वमा गरिएको कार्यक्रमको सञ्चाालन सचिव पुरुषोत्तम भट्टले गरेका थिए । कार्यक्रम समापन गर्र्दै अध्यक्ष जोशीले कर्मचारीको हकहितका लागि संगठन सधैं सक्रिय हुने उल्लेख गर्दै राजनीतिक परिवर्तन, गणतन्त्रण संस्थागत लगायतका कुरामा योगदानको मूल्याङ्कन गरिनु पर्नेमा जोड दिए ।

<