ताजा खबर

खास खबर

बैजनाथ बेलडांडी धार्मिक महोत्सव झिलमिलाको तयारी पूरा, १४ देखि २० गतेसम्म सञ्चालन हुने ।।

विमल धामी, बेलडांडी ।
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका ५ मा कात्तिक १४ गते देखि हुने धार्मिक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ ।

 

बेलडाँडी गाउँपालिका वडा नम्बर ५ स्थित झिलमिलामा रहेको बैजनाथ माध्यमिक विद्यालयको सर्वाङ्गिण विकासार्थ कार्यक्रम आयोजना गर्न लागिएका धार्मिक महोत्सव मुल समितिका संयोजक लाल बहादुर रावतले जानकारी गराउनु भयो ।

 

विद्यालयको आफ्नै आर्थिक श्रोत नरहेको र अभिभावकको भर मात्र विद्यालय सञ्चालनमा रहेको हुनाले थप कक्षा सञ्चालन र प्राविधिक शिक्षा सञ्चालनका लागि धार्मिक कार्यक्रमको आयोजना गर्न लागेको संयोजक रावतले बताउनु भयो ।

 

बैजनाथ माध्यमिक विद्यालयमा स्वीकृत प्रा.वि. दरबन्दीमा ५ जना शिक्षक र १ जना राहत दरवन्दीमा गरि ६ जना प्रा.वि तहमा छन्, भने नि.मा.वि. तहमा २ जना राहत दरवन्दी र मा.वि तहमा कुनै दरवन्दी रहेको छैन । मा.वि. संचालनका लागि विद्यालयले २ जना शिक्षक निजि राखि काम चलाउदै आएको छ ।

 

१४ गते देखि सुरु हुने धार्मिक महोत्सव २० गते सम्म सञ्चालन हुने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नन्दविर बुढाले बताउनुभयो ।

<