ताजा खबर

स्वास्थ्य

स्वदेशी लघुवित्त र गेटा आँखा अस्पतालको आयोजनामा पुनर्वासमा आँखा शिविर सम्पन्न ।।

हरिलाल जोशी, कञ्चनपुर । 
कञ्चनपुरको पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी. स्थित जनकल्याण माध्यामिक विद्यालयको प्राङ्गणमा शनिबार एक दिने निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

 

स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा पुनर्वास र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल कैलालीको संयुक्त आयोजनामा भएको आँखा शिबिरमा कुल ६ सय ४३ जनाले सेवा लिएका मध्ये ३ सय ७६ जना महिला र २ सय ६७ जना पुरुष रहेका थिए । सो शिविरमा कञ्चनपुर र कैलालीका विभिन्न क्षेत्र र छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशबाट पनि सेवाग्राहीहरु आएका थिए ।

 


शिविरमा निशुल्क औषधी र सहुलियत मूल्यमा चश्मा उपलब्ध गराएको थियो भने १ सय ७८ जनाको मोति बिन्दुको समस्या देखिएकोले उक्त बिरामीहरुलाई निशुल्क अप्रेशन गेटा आँखा अस्पतालमा गराईने स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा पुनर्वासका प्रबन्धक हेमराज अवस्थीले जानकारी दिनुभयो ।

 

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्थाको केन्द्रीय कार्यालय सुनसरी ईटहरी रहेको र देशभरी हालसम्म ७३ वटा शाखाबाट सेवा दिदै आईरहेको पनि पुनर्वास शाखाका प्रबन्धक अवस्थीले बताउनु भयो ।

<