अर्थ-वाणिज्य

भीमदत्त नगरपालिकाका ‘वडा वडामा’ करदाता शिक्षा ।।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा वडामा करदाता शिक्षा संचालन गरेको छ । ‘हाम्रो नगर हाम्रै कर, सबृद्ध बनाउन हाम्रै रहर’ भन्ने मुल नाराका साथ भीमदत्त नगरपालिकाले हरेक वडामा करदाता शिक्षा अभियान शुरु गरेको हो । कर सम्बन्धी भ्रम र करको महत्व बारे जानकारी दिने उदेश्यले नगरपालिकाले करदाता शिक्षा अभियानकै रुपमा संचालन गरेको छ । १९ नम्बर वडादेखि शुरु गरेको करदता शिक्षा अभियान बुधबार २ नम्बर वडामा संचालन गरेको हो । नगरपालिका कर्मचारीले करबारे वडा वडामा नागरिकलाई शिक्षा प्रदान गरिरहेका छन् ।

 


भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले नागरिकमा करबारे अनावश्यक भ्रम सिर्जना गरेकाले नगरले सबै वडाहरुमा करदाता शिक्षा प्रदान गरिरहेको बताए । ‘जनतालाई दोहोर कर लगाईदैन्, ‘मेयर विष्टले भने, ‘कर एकहोर मात्रै लाग्ने हो ।’ कर बृद्धि नभई करको दायर बढाईने बताउदै उनले करको दुरुपयोग नहुने विश्वास व्यक्त गर्नुभयो । ‘कर अनुसार जनतालाई सेवा सुविधा दिनुपर्छ, ‘उनले भने, ‘अनावश्यक कर लिनुहुन्न ।’ 

 


भीमदत्त नगरले प्रगतिशिल कर प्रणाली लागु गर्ने बताउदै मेयर विष्टले क्षमता अनुसार कर तिर्नुपर्ने उनले बताए । कर तिर्ने भावनाको विकास गराउनु जरुरी रहेको बताउदै मेयर विष्टले जनतालाई सुसुशित गराउनका लागि नगरपालिकाले हरेक वडामा अभियान संचालन गरेको बताए । करलाई जबरजस्त दण्ड, जरिवानाका रुपमा नभई व्यक्तिको स्वच्छाले तिर्ने वातावरण सिर्जनामा जोडदिए । ‘कर विकास र सम्बृद्धिका लागि हो, ‘मेयर विष्टले भने, ‘त्यसका लागि आ–आफ्नो क्षेत्रबाट कर तिर्नुपर्छ ।’
 


भीमदत्त नगर वडा नम्बर २ वडाध्यक्ष डम्बर कार्की (डिके)ले कर सम्बन्धी जानकारी पाएपछि वडाबासीले अनावश्यक हल्लामात्रै फिजाएको बताए । कर आफै गाउँघरको विकासका लागि भएको स्थानीयले जानकारी पाएको बताए । भीमदत्त नगरले कर सम्बन्धी १९वटै वडामा अभिमुखिरण गरिसकेपछि नगरस्तरिय कार्यक्रम गर्ने जनाएको छ ।

<