खास खबर

आरक्षपीडित तथा सुकुम्बासीको समस्या समाधानका लागि संघीय सरकार संग पहल गर्ने : मन्त्री भट्ट ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले कञ्चनपुरको बेलडाँडी गाउँपालिका अन्तर्गत झिलमिला फाँटा र कालिकीच तालको अवलोकन गर्दै जडीबुटी, उद्योग तथा पर्यटकीय क्षेत्र बारे पहल गर्ने प्रतिबद्धता  जनाउनु भएको छ ।

 

त्यस्तै, मन्त्री भट्टले आरक्षपीडित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका निम्ति संघीय सरकार संग पहल गर्ने उल्लेख गर्नुभएको छ ।

 

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट संगै प्रदेश सभा सदस्यद्वय कुलबीर चौधरी र लाल बहादुर खड्का तथा अन्य नेता कार्यकर्ताहरुको टोलीले अनुगमन गरेको हो । 


प्रस्तुत छ, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट संग गरिएको विषेश कुराकानी...
 

<