ताजा खबर

खेलकुद

कञ्चनपुरको पुनर्वासमा सम्पन्न नगरस्तरीय भेट्रानको उपाधी निर्माण व्यवसायी संघ कैलालीलाई ।।

किशोर तामाङ, कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ मा भएको नगरस्तरीय मैत्रिपूर्ण भेट्रान फुटबल प्रतियोगिताको उपाधी निर्माण व्यवसायी संघ कैलालीले हात पारेको छ । सोमबार भएको अन्तिम खेल आयोजक अरनिको भेट्रान पुनर्वास र निर्माण व्यवसायी संघ कैलाली बीच भएको थियो । 

 

फाइनल खेलमा निर्माण व्यवसायी संघ कैलालीले अरनिको भेट्रान पुनर्वासलाई ३–१ गोल अन्तरमा स्तब्ध पारेको हो ।  निर्माण व्यवसायी संघ कैलालीका तर्फबाट विनोद बिष्टले दुई र ललित चन्दले एक गोल गरेका थिए भने अरनिको भेट्रान पुनर्वासका तर्फबाट मान बहादुर तामाङले एक गोल गरेका थिए । 

 

जीत संगै निर्माण व्यवसायी संघ कैलालीले रु. ५० हजार र कप प्राप्त गरेको छ भने उपविजेता आयोजक अरनिको भेट्रान पुनर्वासले रु. ३० हजार र कप प्राप्त गरेको छ । अरनिको खेलकुद विकास समितिद्वारा ‘सबैका लागि खेल, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हरितालिका तीजको अवसरमा पुनर्वास नगरपालिका–२ स्थित अरनिको आधारभूत विद्यालयको मैदानमा भेट्रान फुटबल खेल प्रतियोगिताको आयोजना गरिएको थियो । 


 
अरनिको खेलकुद विकास समिति भेट्रान खेल सञ्चालन समितिका संयोजक मान बहादुर तामाङको सभापतित्वमा सञ्चालन गरिएको समापन समारोहमा प्रमूख अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवन राज थापा रहनु भएको थियो । बिशिष्ट अतिथिमा कञ्चनपुर फुटबल संघका उपाध्यक्ष जीतबहादुर तामाङ, कार्यबाहक अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङ, जिल्ला फुटबल संघका पुर्व अध्यक्ष भिम थापा रहनु भएको थियो ।
 

<