ताजा खबर

खास खबर

काँग्रेसले गर्‍यो बेलडाँडी गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी ।।

दीपेन्द्र बस्नेत, कञ्चनपुर ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिकामा नीति तथा कार्यक्रम कार्यान्वयनमा पक्षपात तथा अनियमितता र भ्रष्टाचार भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार तालाबन्दी गरेको छ ।

 

जिल्लाको दक्षिणी भेगको बेलडाँडी गाउँ पालिकाले पारित गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा पारदर्शी नभएको पक्षपात पुर्ण भएको, शिक्षा स्वास्थ्य जस्ता जनताको प्रत्यक्ष सरोकारका बिषयमा स्थानीय सरकार संबेदनसिल नभएको ,कर वृद्धि लगायतका सवालमा निर्णय नसच्याएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बेलडाँडी गाउँ पालिका कमिटीले माग पूरा नभए सम्मका लागि अनिश्चितकालीन तालाबन्दी गरेको जनाएको छ ।

 


काँग्रेस गाउँ पालिका कमिटीले गत भदौ १९ गते स्थानिय सरकारले निर्णय सच्याउनु पर्ने माग राख्दै गाउँ पालिका प्रमुख धनबहादुर थापा समक्ष ज्ञापन बुझाइएको नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्यायले बताए । गाउँ पालिका प्रमुखले ५ दिनको म्याद मागेको र हाल सम्म सुनुवाई नगरिए पछि तालाबन्दी गर्नु परेको क्षेत्रीय सभापति उपाध्यायले बताए ।

 


बेलडाँडी गाउँ पालिका प्रमुख थापाले मागेको म्याद गुज्रिदा सम्म मागका बिषयमा कुनै सुनुवाइ नगरे पछि भदौ २७ गते पुनः मागहरुको स्मरण गराउदै अर्को ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नगरिए पछि आज अनिश्चित कालिन तालाबन्दी गर्नु परेको नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य जनकसिह धामीले बताए ।

 


जिल्लाको दक्षिणी क्षेत्रका स्थानीय निकायहरुले गर्दै आएका निर्णयहरुको कार्यान्वयन र अनियमिततालाई खबरदारी गर्दै आएको प्रमुख प्रतिपक्षी दल काँग्रेसले स्थानिय निकायलाई जनता प्रती जवाफदेही बनाउन खबरदारी र पैरवीका कार्यक्रम संचालन गर्दै आएको नेपाली काँग्रेस क्षेत्रनम्बर १ ले जनाएको छ ।

<