खास खबर

कञ्चनपुर लगायत देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइदै ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
“सुखी नेपाली, समृद्ध नेपाल ः बाल अधिकार सबैको सरोकार” भन्ने राष्ट्रिय नारा सहित आज राष्ट्रिय बाल दिवस मनाइदै छ । नेपालले बाल अधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा कञ्चनपुर लगायत देशभर विभिन्न संघसंस्थाले बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् ।
 

<