ताजा खबर

खास खबर

कञ्चनपुरको पुनर्वासमा अपहरित नौ महिने शिशुको प्रहरीद्वारा सकुशल उद्दार ।।

किशोर तामाङ, कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वासमा अपहरित नौ महिने शिशुको प्रहरीले सकुशल उद्दार गरेको छ । हरितालिका तीज मनाउन माइतीघर पुनर्वास नगरपालिका वडा नम्बर ८ स्थित क गाउँ आएकी पुनर्वास नगरपालिका वडा नम्बर ५ ग गाउँ कि बेलु बिष्ट संगै सुतेकी उनकी ९ महिने छोरी सरस्वती बिष्टलाई बिहिबार राति २ देखि ३ बजेको बीच समयमा अज्ञात व्यक्तिले अपहरण गरेर लगेको थियो । बालिका अपहरण भएको खबर पाउना साथ घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीले खोज तलास गर्दा बिहिबार ५०० मीटर उत्तर तर्फ रहेको धानबारीमा फालिएको अवस्थामा शिशुको सकुशल उद्दार गरेको हो । 

 

उद्दार गरिएकी ९ महिने शिशु सरस्वती बिष्टलाई बिहिबार कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतको उपस्थितिमा पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा, उपमेयर शारदा बिष्ट र पत्रकारहरुको रोहबरमा आमा बेलु बिष्टको जिम्मा लगाइएको छ । तर आमासंगै सुतिरहेकी शिशुलाई कसले, किन अपहरण गरी धानबारीमा फाल्यो भन्ने विषय अझै रहस्यमय रहेको छ । अपहरणकारीको व्यापक खोजी कार्य भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । 

 

९ महिने बालिकाको मध्य रातमा अपहरण भएको खबर पाउना साथ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायत पुनर्वास पुग्नुभएको थियो । कञ्चनपुरमा पछिल्ला दिनहरुमा भइरहेको बालिका बलात्कार र हत्याका घटनाले जिल्लाको शान्ति सुरक्षामा उत्पन्न भएको परिस्थितिले सुरक्षामा चुनौती थपिएको एसपी कडायतले बताउनु भयो । एसपी कडायतले भन्नुभयो, “सामाजिक बिकृति चरम सीमामा पुगेको छ ।

 

चिनजानकै ब्यक्तिबाट समाजमा घटना घटिरहेको छ । यस्ता घटना रोक्न सकिएन भने समाजमा भयावह स्थिती आउने छ ।” उहाँले थप्नुभयो, “समाजको शान्ती सुरक्षा सुधार्न एकल प्रहरीको प्रयासले सम्भव छैन । समाजका हरेक नागरिकले  समयमै सुचना दिएर प्रहरीलाई सहयोग गर्ने पर्ने हुन्छ ।” 

 

बालिका सरस्वतीकि मावली हजुर आमा धना बयाडी भन्छिन्, “अहिलेसम्म यस्तो घटना नभएको तर कसरी भयो अचम्म लागेको छ ।” आमा संग सुतेको बच्चा चोरी गर्ने घटनाले आफुलाई आश्चर्यजनक लागेको बताइन् ।

<