खेलकुद

शान्तिको निर्माण व्यवसायी माथि शानदार जित, आज कालिका र महेन्द्रनगर भिड्ने  ।।

किशोर तामाङ, कञ्चनपुर ।
पुनर्वास नगरपालिकामा सञ्चालित नगरस्तरीय भेट्रान खेल हिजोबाट दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरण अन्तर्गतको पहिलो खेल हिजो सम्पन्न भएको छ । हिजो भएको खेलमा निर्माण ब्यवसायी सघ पुनर्वासका लागि खडक बिक्रम थापाले खेल शुरु भएको सातौँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल निर्माण व्यवसायीकै लागि जिते तामाङले गोल गरेका थिए । सो गोल लगतै प्रतिपक्षी शान्ति भेट्रानका लागि दिल बहादुर तामाङले दुई गोल गरेका थिए ।

 

खेल निकै नै प्रतिष्पर्धात्मक र रोचक रहेपनि मध्यनतर पश्चात निर्माण ब्यवसायी सघं पुनर्वासले कुनै पनि गोल गर्न सकेन । तर शान्ति भेट्रान अशुबर्माका लागि जयराम तामाङ, गोपाल चौधरी र गोपीलालले १–१  गोल गरेका थिए । हिजो भएको खेलमा २–५ को अग्रता लिदै शान्ति भेट्रान अशुबर्मा सेमिफाईनल खेलमा प्रवेश गर्न सफल भएको छ ।

 


आज दोस्रो चरणको दोस्रो खेल सञ्चालन हुने छ । आजको खेल न्यू डालिमा महेन्द्रनगर ११ र कालिका भेट्रान आई बि आर डी बिच  ठिक ४ बजे  हुने आयोजक टिमका उपाध्यक्ष डम्मर तामाङले बताउनुभयो । अरनिको खेलकूद बिकास समिति द्वारा “सबैका लागि खेल, स्वस्थका लागि खेलकुद” भन्ने मुल नाराका साथ  हरितालीका तीजको अवसरमा भेट्रान फुटबल खेलको आयोजना गरिएको हो ।

 

कञ्चनपुर र कैलालीका जम्मा १४ पुरुष टिमको सहभागीता रहेको छ । अरनिको आभारभूत विद्यालयको खेल मैदानमा सो नगरस्तरीय मैत्रीपूर्ण भेट्रान्स फुटबल प्रतियोगिता भइरहेको छ । नकआउट प्रणालीबाट खेलाईने सो खेलको बिजेता समुहले नगद ५० हजार र उपविजेताले नगद ३० हजार प्राप्त गर्ने आयोजक समितिका भेट्रान खेल संयोजक सुवेदार मान बहादुर तामाङले जानकारी गराउनु भएको छ । 
 

<