खास खबर

कञ्चनपुरको बेदकोट र शुक्लाफाँटाको सीमामा एक युवकको शव फेला ।। 

हरिश चन्द्र बाग, कञ्चनपुर, १८ भदौ ।
कञ्चनपुरको बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा क्षेत्रमा रहेको नदिमा एक युवकको शव फेला परेको छ ।

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका गेमस्काउटले गस्ती गर्ने समयमा आज बिहान नदि किनारको झाडीमा युवकको शव देखिएको र शव कस्को हो भन्नेबारे पहिचान हुन नसकेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

 

शवको प्रकृति हेर्दा कसैले कहिँकतैबाट हत्या गरेर झाडीमा फालेको हुनसक्ने र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाले जानकारी दिनुभयो ।
 

<