ताजा खबर

मनोरञ्जन

पश्चिम नेपालका थारु समुदायले आज पनि अष्टिम्की पर्व मनाउँदै ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, १८ भदौ ।
पश्चिम नेपालका थारु समुदायले आज पनि अष्टिम्की पर्व मनाउँदै छन् । हिन्दू धर्म मान्ने अन्य समुदायले श्रीकृष्ण जन्माष्टमी मनाउँदै गर्दा कञ्चनपुर देखि सुर्खेतसम्म बसोबास गर्ने थारु समुदायले भाद्र कृष्णपक्षको अष्टमीका दिन अष्टिम्की पर्व भव्यताका साथ मनाउने गर्दछन् । तर तिथिको घटबढले गर्दा केहीले हिजो नै मनाएका छन् भने केहीले आज सोमबार मात्रै अष्टिम्की पर्व मनाउँदै छन् ।


‘कान्हा’को जन्मदिनलाई थारु समुदायका महिलाले विशेष रुपमा मनाउने हुनाले यस दिनलाई थारु समुदायमा अष्टिम्की भनिने प्रचलन रहिआएको छ । अष्टिम्की मनाउँदा भित्तामा कोरिएको कान्हाको जीवन चरित्र सहितको चित्रमा सबैले पालैपालो टीकाअक्षता, फलफूल, जल चढाउने र धुपदीप सहित पूजा गर्ने चलन रहेको थारु कल्याणकारिणी सभा कञ्चनपुरका अध्यक्ष मेवाराम चौधरीले बताउनु भयो ।

<