ताजा खबर

खास खबर

बेलौरी नगर कार्यपालिकाबाट केही नयाँ कार्यविधि र निर्देशिका पारित ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।

देशका विभिन्न स्थानीय तहहरुमा अहिले ऐन नियम बनाउने कार्यले तीब्रता पाएको छ । त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिकाले पनि नयाँ ऐन नियम तयार गरिरहेको छ । बेलौरी नगर कार्यपालिकाको बैठकले विभिन्न कार्यविधि र निर्देशिका पारित गरेको छ ।

 

बेलौरी नगर कार्यपालिकाको बैठकले स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५ र बेलौरी नगरपालिका प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि २०७५ सर्वसम्मत पारित गरेको छ भने स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५ माथी दफाबार छलफल भएको जनाइएको छ ।

 

त्यस्तै, छाडा पशुचौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७५, बेलौरी नगरपालिकाद्वारा गरिने बजार अनुगमन निर्देशिका २०७५ र बेलौरी नगरपालिकाका प्रमुख र उपप्रमुखको स्वकीय सचिवालय गठन तथा सञ्चालन सम्बन्धी निर्देशिका २०७५ सहितका कार्यविधि र निर्देशिका पारित गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभयो ।

<