ताजा खबर

दृष्टिकोण

निर्मला हत्याकाण्ड : तत्काल यस्तो गर्न पत्रकार जी भट्टको गृहमन्त्रीलाई सुझाव ।।

गृहमन्त्रीलाई अन्तिम अवसर : २ घण्टाभित्र यसो गर्नुस् !

१. स्व. निर्मला पन्त घटनाको अनुसन्धानको छानबिनमा ‘कैफियत’ अवस्था सिर्जना गर्ने एसपी डिल्लीराज विष्टलाई पछि ठहरे बमोजिम हुने भएकाले तत्काल निलम्बन गरी हतकडी लगाउँदै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नुस् । प्रहरीको सामान्य आशंकामा सर्वसाधारणले थुनिनुपर्छ भने आशंका गरिएका एसपी किन थुनिनु नपर्ने ?
२. एसपी विष्टलाई घटना र अभियुक्तबारे धेरै जानकारी हुन सक्ने भएकाले एसपीमाथि नै केरकार गरेर सत्यतथ्य पत्ता लगाउन प्रयास गर्नुस् । 
३. स्थानीय स्तरमा आशंका गरिएका एसपीका छोरा र मेयरका भतिजालाई पनि पक्राउ गरेर छानबिन अगाडि बढाउनुस् । घटनाको सुराक दिन सक्ने ठानिएका बम दिदीबहिनीलाई पनि नियन्त्रणमा लिनुस ।
४. घटनामा शंकास्पद र मतियार सबै व्यक्तिका कल डिजेल टेलिकमबाट मगाएर तत्काल अध्ययन र विश्लेषण गर्नुस् ।
५. उच्च र निच्च स्तरीय छानबिन समिति बनाउने कुरा त्यसपछि गर्नुहोला । तत्काल एक्सन देखिएन भने देशभर अवस्था असामान्य बन्न सक्छ र तपाईको प्रतिष्ठा तथा पद धरापमा पर्न सक्छ ।
६. गोली चलाएर, कर्फ्यू लगाएर जनआन्दोलनलाई दबाउन सकिन्छ भन्ने घृणित मानसिकता त्याग्नुस् । कञ्चनपुरमा कर्फ्यू लगाउनुहोला, देशभर के गर्नुहुन्छ ? संकटकाल घोषणा गराउन सक्नुहुन्छ ?
७. जिल्लाको अवस्थाबारे गलत रिपोर्टिङ गर्ने र अभियुक्तका मतियार एसपीलाई बचाउन खोज्नेले तपाईलाई डुबाउँदै र जनतालाई मार्दैछन् । अब तिनीहरूको प्रभावबाट मुक्त हुनुस् ।
यसो गर्न सके तत्काल आन्दोलन र अवस्था सामान्य हुन सक्ने देखिन्छ । गोली नै चलाउने हो भने ‘रामराम’ बाहेक केही भन्न सकिँदैन ।

 

जी भट्ट 

पत्रकार 

<