खास खबर

महाकालीमा पानीको बहाव बढ्यो, पुलमा अवागमन बन्द, सतर्क रहन आग्रह ।।

कञ्चनपुर, २७ साउन ।
शनीबार राती देखि परिरहेको अबिरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल भारतको पश्चिमी सिमा शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारीसाधनको अवागमन बन्द गरिएको छ । महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले आज मध्यान्ह १२ बजेपछि पुलमा चार पाङ्ग्रे सवारी साधनको अवागमन बन्द गरेको हो । 

 

नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्ने बित्तिकै भारतीय पक्षले पुलमा गाडी आवातजावत बन्द गर्दै आएको छ । गड्डाचौकीका प्रहरी नायव निरीक्षक डिकर देव पन्तले सवारी आवागमन बन्द गरिएको बताउनु भयो । उहाँका अनुसार  पैदल यात्रु र मोटरसाइकललाई भने चल्न दिइएको छ । 

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली नदीका पानीको बहाव बढेसँगै सुरक्षा निकायलाई उच्च सर्तकतामा राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले जानकारी दिनुभयो । नदीमा पानीको बहाव बढेपछि नदी किनाराका स्थानीयलाई पनि सतर्क रहन आग्रह गरिएको छ ।   

 

यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली नगरपालिका वडा नम्बर १० दोधारा गिरी टोलमा बाढी पसेको र शान्तिटोल र गुरुङ टोलमा समेत बाढी पस्न सक्ने हुनाले आसपासका क्षेत्रका सबै स्थानीयलाई समयमै सतर्क र सुरक्षित रहन आग्रह गरेको छ । 

 

<