ताजा खबर

अर्थ-वाणिज्य

देवशक्ति उपभोक्ता सहकारी संस्थाको १०औं वार्षिक साधारण सभा सम्पन्न ।।

सरोज धामी, कञ्चनपुर ।

देवशक्ति उपभोक्ता सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिवार एक कार्यक्रमका विच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नन्दन सिंह बोहराको सभापतित्वमा भएको कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख शुसिला चन्द सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । भने कार्यक्रममा विशिष्ट आतिथिमा वडा नं ३ र वडा ४ का वडाध्यक्ष रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख शुसिला चन्द सिंहले आर्थिक सम्बृद्धि भए मात्रै विकास सम्भव हुने बताउनु भएको छ । व्यवसायीलाई आत्म निर्भर बनाउन सके यस क्षेत्रका व्यवसायीहरुको आर्थिक स्थितिमा सुधार ल्याउन समेत सहकारी संस्थाहरुले कार्यक्रम संचालन गर्नुपर्ने बताउनु भयो । यसै गरि सहकारीहरुका समस्या समाधान गर्न भीमदत्त नगरपालिकाले सक्दो प्रयास तथा पहल गर्ने बताउनु भयो । 

 

साधारण सभामा संस्थाका कोषाध्यक्ष मदन सिह धामीले गत आर्थिक वर्ष २०७४।०७५ को १९ करोड ५८ लाख ७३ हजार ४ सय ६८ रुपैया बराबरको आय व्यय तथा आ.व.०७५।०७६ को २२ करोड ६७ लाख ९३ हजार बराबरको अनुमानित आय व्यय प्रस्तुत गर्नु भएको थियो । पूरुष सदस्य १५२६ महिला सदस्य १११५ गरी कुल जम्मा सदस्य २६४१ जना रहेका छन । सेयर पुजी १ करोड १ लाख ० हजार ५ सय रहेको छ । आ.व.०७४।७५ मा निक्षेप संकलन १४ करोड ७० लाख २ हजार ९ सय ३६ ,कर्जा लगानी तर्फ ४ करोड ३७ लाख ९८ हजार ४ सय ७ , कर्जा सावा असुली तर्फ ३ करोड ४५ लाख ३ हजार ६ सय ,व्याज असुलि तर्फ रु.५१ लाख ८ हजार ९७ रहेको छ । 

 

यसै गरी कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष नन्दन सिह बोहराले २०६५ सालमा थोरै पुजिबाट संचालन भएको सहकारी वर्तमान समयमा पुग्दा निकै प्रगति गरेको बताउनु भयो । संस्थाले बेदकोट नगरपालिकामा समेत आफ्नो कार्य क्षेत्र विस्तारका लागी गत साधारण सभाले पास गरेको र यस साधारणले समेत सो स्थानीयकार्यक्षेत्र विस्तारका भीमदत्त स्थानीयअन्तरगत रहेको सहकारी इकाईलाई अनुरोध गर्ने समेत जनाउनु भयो । 

 

एन आइ सि एसिया बैंकबाट रेमिटेन्सको एजेन्ट भइ काम गर्ने अवसर भएको संस्थाका अध्यक्ष बोहराले बताउनु भयो । साधारण सभामा संस्थाका सचिव मदन सिह धामीले आ.व.२०७५।७६को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । स्वरोजगार, व्यापार, कृषि, पशुपालन क्षेत्रलाई प्रोत्साहन गर्ने, सामाजिक विकास र अग्र गतिका लागि कमकक्षी सहकारी संग सहयोग आदान प्रदान गर्ने सदस्यहरुसंग छरिएर रहेको श्रोत साधन संकलन गरी उत्पादनमुलक कार्यमा लागाउने ,असाह बृद्ध,बृद्धा कोष स्थापना गर्ने सुरक्षित ऋण लगानी गर्ने संस्थाको निति तथा कार्यक्रम रहेको सचिव धामीले बताउनु भयो । 

 

यसै गरी १० वार्षिक साधारण सभाले राम सिह बोहराको अध्यतामा ७ सदस्यि नयाँ कार्य समिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा नन्दा देवी धामी, सविचमा रमेश प्रसाद पाण्डे्य, कोषाध्यक्षमा जानकी बोहरा, सदस्यहरुमा कृष्णानन्द भट्ट, सुरेन्द्र साउद र नरेन्द्र सिह खत्री रहका छन । यसै गरी लेखा सुपरिवेक्षण समितिमा संयोजक मदन सिह धामी सदस्यहरुमा दामोदर सिह धामी र विष्णु प्रसाद वोगटीलाई निर्विरोध चयन गरिएको छ । साधारण सभामा संस्थाका सदस्यहरुलाई शेयर वितरण गरिएको थियो भने उत्कृष्ट बचतकर्ता जयराज भट्ट, उत्कृष्ट ऋणी मन्जु धामी, उत्कृष्ट उद्यमी जगत सिह सामन्त,उत्कृष्ट बजार प्रतिनिधि (संकलक) जस सिह धामीलाई सम्मान गरिएको थियो ।  

 

साधारण सभाले संस्था संचालन कार्य विधि ऋण लगानी कार्यविधि २०७५ तथा कर्मचारी आर्थिक नियमावली समेत पारित गरेको छ । साधारण सभामा बोल्दै संस्थाका नव निर्वाचित कार्यसमिति अध्यक्ष राम सिह बोहराले संस्थालाई प्रगतिमा पु¥याउन आफुले हरसम्भव प्रयास गर्ने प्रतिबद्धा जाहेर गर्नु भयो । संस्था उपाध्यक्ष किसन सिह सामन्तले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन संस्थाका सचिव मदन सिह धामीले गर्नु भएको थियो ।

<