स्वास्थ्य

ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको आयोजनामा निशुल्क स्वास्थ्य शिविर ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा कञ्चनपुरको बेलौरीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयमा शनीबार सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा २९९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । ती मध्ये ९७ जनालाई मधुमेह देखापरेको जनाइएको छ । स्वास्थ्य परिक्षण पछि बिरामीहरुलाई उपलब्ध औषधी प्रदान गरिएको छ । ग्रामीण क्षेत्र मै निशुल्क स्वास्थ्य परिक्षण गर्न पाउँदा सेवाग्राहीहरुले खुसी हुँदै आयोजक संस्था प्रति आभार प्रकट गरेका छन् । 


ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा कार्यक्रम सञ्चालन गर्न बेलौरी नगरपालिकालाई छनौट गरेकोमा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले धन्यवाद प्रकट गर्दै उक्त ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट यसक्षेत्रका नागरीक लाभान्बित भएको उल्लेख गर्नुभयो । नगरप्रमुख चौधरीले उक्त निशुल्क स्वास्थ्य शिविरमा बेलौरी नगरपालिकाले पनि सहयोग गर्ने अवसर पाएकोमा गर्व महसुश गर्नुभयो । 


नेपाल सरकारको समेत शेयर स्वामित्व रहेको साविकको नेपाल ग्रामीण विकास बैंक लिमिटेडबाट हाल परिवर्तन भई बनेको ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले यही साउन ३० गते चौथो वार्षिकोत्सक मनाउँदैगर्दा त्यसकै पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्व अन्तरर्गत निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय प्रबन्धक मोतिराज खनालले बताउनु भयो । 


ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा सञ्चालित एक दिने निशुल्क स्वास्थ्य शिविरमा बेलौरी नगरपालिका कार्यालय र महाकाली माध्यमिक विद्यालय बेलौरी कञ्चनपुर, क्षेत्रीय मेडिकल स्टोर धनगढी, कैलाली अस्पताल प्रा.लि. धनगढी, नेशनल प्याथ ल्याव प्रा.लि. धनगढी एवं नेपाल औषधी तथा विक्री प्रतिनिधि संघ धनगढीले शिविर सञ्चालनमा सहयोग पुर्याएको आयोजक ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । शिविरमा ल्याइएको केही औषधी बाँकी रहेकोले उक्त औषधी बेलौरी नगरपालिका स्वास्थ्य शाखालाई प्रदान गरिने आयोजकले जनाएको छ ।

 

<