ताजा खबर

खास खबर

आज २४ औँ विश्व आदिवासी जनजाति दिवस, कञ्चनपुरका केही कार्यक्रमलाई मन्त्री मगरले सम्बोधन गर्ने ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, २४ साउन ।
आज २४ औँ विश्व आदिवासी जनजाति दिवस । ‘पहिचान प्रतिनिधित्व र स्वायत्तता स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मुल नाराका साथ नेपालमा पनि २४ औँ विश्व आदिवासी जनजाति दिवस मनाइदै छ । विश्वभरका आदिवासी जनजातीहरुलाई उत्पीडनबाट मुक्ती दिलाउन संयुक्त राष्ट्र संघ द्वारा सन् १९९४ मा हरेक वर्ष अगस्त ९ तारिखमा विश्व आदिवासी जनजाती दिवस मनाउने घोषणा गरिएको थियो  ।

 

२४ औं विश्व आदिवासी जनजाति दिवस कञ्चनपुरमा पनि भव्य रुपमा मनाइदै छ । दिवसको अवसरमा ठाउँठाउँमा सांस्कृतिक भेषभुषा, झाँकी, र्याली र विविध कार्यक्रम गरिदै छ । बेलौरीमा बिहान १० बजेबाट कार्यक्रम सञ्चालन भइरहेको मूल आयोजक समितिका अध्यक्ष सुनिता चौधरीले जानकारी दिनुभयो । विश्व आदिवासी जनजाति दिवसलाई आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि आन्दोलन जारी राख्ने र सशक्त दबाब सिर्जना गर्ने अभियानको रुपमा कार्यक्रम मनाइने चौधरीको भनाइ छ ।

 

कञ्चनपुरको बेलौरी स्थित बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमलाई कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी मन्त्री बिना मगरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बेलौरीमा उक्त कार्यक्रमलाई सम्बोधन गरेलगत्तै मन्त्री बिना मगरले पुनर्वासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 
 

<