ताजा खबर

कृषि/पर्यावरण

सम्झना कृषि सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका ३ पडावमा रहेको सम्झना कृषि सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन गरिएको छ । आइतबार बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित  सहकारी संस्थाको सातौँ साधारण सभा तथा विशेष अधिबेशन कार्यक्रमको बन्दसत्रबाट नयाँ कार्यसमिति चयन गरिएको हो । 

 

 

उक्त नयाँ कार्यसमितिको अध्यक्षमा कमला चौधरी, उपाध्यक्षमा विष्णुमाया पार्की, कोषाध्यक्षमा मिना राउत साउँद र सचिवमा गीता चौधरीलाई चयन गरिएको छ । त्यस्तै सदस्यमा मञ्जु कुँवर कार्की, पार्वती राना, पदमा बोहरा, सावित्री खड्का, सुनिता चौधरी, सीता रावत र सुनिता राना चयन भएका छन् ।

 

 

त्यस अघि भएको उद्घाटन सत्रमा प्रमुख अतिथि समेत रहनुभएका बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीले आफ्ना सदस्यलाई दिइरहेको सेवाका विषयमा सकारात्मक धारणा राख्नुभयो । उहाँले कृषि क्षेत्रमा पनि सहकारीले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै सबै सहकारीले सकृय भएर काम गरेको खण्डमा स्थानीय नागरीकहरुले पनि राहात पाउने र विकासका काममा पनि हातेमालो हुने विश्वास व्यक्त गर्नुभयो । 

 

 

कार्यक्रमको औपचारिक उद्घाटन समेत गर्नुभएका बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी नारायण चौधरीले बेलौरी नगरपालिकाको सहयोगमा बेलौरी उद्योग वाणिज्य संघले यसै वर्ष बेलौरीमै कृषि, औद्योगिक, पर्यटन तथा व्यापार मेला आयोजना गर्ने तयारी गरेको उल्लेख गर्दै उक्त मेलामा सहकारी र सहकारीकर्मीहरुको महत्वपूर्ण सहयोग रहने विश्वास प्रकट गर्नुभयो । 

 

उक्त कार्यक्रममा महत्वपूर्ण सहयोग समेत गरेको गैरसरकारी संस्था एनएनएसडब्लुएले पनि समयसमयमा उक्त कृषि सहकारी संगै सहकार्य गरी कार्यक्रम गर्दै आएको समुदायमा आधारित दिगो खाद्य सुरक्षा, जिवीकोपार्जन र उत्थानशीलका लागि प्रकोप जोखीम न्युनीकरण कार्यक्रमका परियोजना प्रमुख राजकुमार सुनारले  बताउनु भयो ।

 

 

पुनर्वास शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेडका अध्यक्ष पदमराज शर्मा लगायत दर्जनौँ सहकारीका अध्यक्ष तथा प्रतिनिधि, उक्त सहकारीका शेयर सदस्यहरु, एनएनएसडब्लुएका प्रतिनिधि सहित स्थानीय जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अशोक चौधरीले गर्नुभएको थियो ।

<