ताजा खबर

खास खबर

बेलौरी–खजुरीया भन्सार नाकाका लागि बेलौरी उद्योग वाणिज्य संघको सकृयता ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।

कञ्चनपुरको बेलौरी छोटी भन्सार नाकालाई स्तरउन्नतीको चर्चा चलिरहेकै बेला बेलौरी उद्योग वाणिज्य संघले बेलौरी–खजुरीया भन्सार नाकाका लागि सकृयता जनाएको छ । भारतको खजुरीयामा कष्टम अफिस सञ्चालनका सन्दर्भमा भारतीय पक्षसंग शनीबार छलफल गरिएको छ ।

 

भारतीय लोक सभामा प्रतिनिधित्व गर्ने उत्तर प्रदेश लखिमपुर खिरीका सांसद अजय मिश्र टेनी र पलिया विधान सभाका सांसद दीपक तलवार संग खजुरीयामा कष्टम अफिस स्थापना गरी बेलौरी–खजुरीया भन्सार नाकाका लागि छलफल भएको बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउनु भयो । 

लखिमपुरमा रहेको भारतीय लोक सभा सांसद मिश्रकै कार्यकक्षमा छलफलका लागि पुगेको बेलौरी उद्योग बाणिज्य संघको टोली संगै खजुरीया व्यापार मण्डलका अध्यक्ष ऋषिकेश सिंह समेत सहभागी भएका थिए । नेपालमा छोटी भन्सार भएपनि भारतीय कष्टम अफिस नहुँदा समस्या भएको भन्दै छलफलका क्रममा भारतमा हुने माथिल्लो तहको सम्बन्धित बैठकका सकारात्मक छलफल गर्ने लोक सभा सांसद तथा प्रदेश सभा सांसदहरुले प्रतिकृया दिएका छन् । 

यसअघि, कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वा्चित सांसद तथा खानेपानी मन्त्री बीना मगर र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवबीच बिहिबार भएको भेटघाटमा भारततर्फ कष्टम पोष्ट स्थापनाका लागि औपचारिक प्रस्ताव लैजाने विषयमा छलफल भएको थियो ।

<