ताजा खबर

सूचना पाटी

सात नम्बर प्रदेश मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु...

गाउँसभा र नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई प्रदेश सभामा पेश गर्ने सम्बन्धमा सात नम्बर प्रदेश मन्त्रीपरिषद् वैठकले स्वीकृती दिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज दिउँसो बसेको बैठकले  वित्तिय हस्तान्तरण व्यवस्थापन विधेयक २०७५ तर्जुमाका लागि सैद्धान्तिक सहमती दिएको छ ।  

 


त्यस्तै कृषि अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई स्विकृती दिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले वैठकपछि संचारकर्मीलाई जानकारी दिनुभयो । कृषि अनुदान तर्फ वेमौसमी तरकारी, सिँचाइ, मत्स्यपालन, पशुपंक्षी तथा फलफुल र तरकारीबाली, बगैँचा तथा नर्सरी निर्माणमा अनुदान दिने विषयमा छलफल भएको प्रवक्ता शाहले बताउनु भयो । 

 


सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता शाहले आगामी असार १ गते प्रस्तुत हुने बजेटबारे प्रदेशका अर्थमन्त्री झपट वोहराले विभिन्न निकायका व्यक्ति संग छलफल जारी राख्नुभएको  र  २५ गतेको प्रदेश सभा बैठकमा निती तथा कार्यक्रम पेश गर्ने उहाँले जानकारी दिनुभयो । 
 

<