ताजा खबर

मनोरञ्जन

बेलौरीका सुरज रावलको अभिनयमा “तिमीले मलाई” बजारमा  ।।

केशब भट्ट, कञ्चनपुर ।

कञ्चनपुरको बेलौरीमा जन्मेका मोडल सुरज रावल मोडलिङ क्षेत्रमा व्यस्त रहेका छन् । बेलौरीबाट नै आफ्नो अध्ययन गरेर रावलले पर्दामा देखिने रहर संगै अहिले चर्चा कमाउन सफल भएका हुन् ।

 

दर्जनौँ लोक तथा आधुनिक गीतहरुमा अभिनय गरिसकेका रावलको अभिनयमा रहेको “तिमीले मलाई” बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बि एल लिम्बुको स्वरमा रहेको गीतको शब्द नवराज बिस्सो महरको रहेको छ भने अभिनय सुरज रावल र नुर मगरले गरेका छन् । उक्त गीतको निर्देशन चर्चित निर्देशक बिक्रम चौहान र छायाँकन प्रकाश खड्काले गरेका छन् । 

 

सुरज रावल सानैदेखि नम्र स्वभावका रहेको बताइन्छ । सानै देखि सबैको मनमुटुमा बस्न सक्ने कला उनमा रहेको छ । सानालाई माया, ठुलालाई आदरसम्मान गर्ने कला उनमा प्राकृतिक गुण जस्तै रहेको छ । सुरुमा बेलौरीमा मात्र चर्चा कमाए पनि अहिले नेपालका विभिन्न स्थानमा आफुलाई चिनाउन सफल भएका छन्, रावल ।

 

यति मात्र नभइ समाजसेवा गर्ने ठुलो रहर बोकेका रावल आफ्नो कार्य व्यस्तताका कारण तत्काल समाजसेवामा स्थापित हुन नसकेको  बताउँछन् । आफ्नो अभिनयमा रहेको “तिमीले मलाई” बोलको आधुनिक गितको म्युजिक भिडियो सबैलाई एकपटक हेरिदिन समेत उनले आग्रह गरेका छन् । 


“तिमीले मलाई” बोलको आधुनिक गितको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
 

https://youtu.be/vACs6TfAScA?t=8 

 

<