ताजा खबर

खेलकुद

तेक्वान्दोमा सैनिक आवासीय महाविद्यालय च्याम्पियन ।।

कैलाली, २० असार । कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा मंगलबार सम्पन्न जिल्ला स्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन स्वर्णसहित नेपाली सेनाको सैनिक आवासीय महाविद्यालय च्याम्पियन बनेको छ । सैनिक आवासीय महाविद्यालयकै आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कैलालीका २७ वटा विद्यालय सहभागी थिए ।

 

मंगलबार सम्पन्न फाइनल प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयले ३ स्वर्ण, ३ रजत र १० कास्यसहित उपाधी जितेको हो । २७ विद्यालयका आठ तौल समुहका खेलाडी सहभागी रहेको प्रतियोगितामा धनगढीको जेसिज एभरेष्ट स्कुलका भुवन सार्की प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित भने, आयोजक सैनिक आवासीय महाविद्यालयका बिमल रानामगर उदयमान खेलाडी घोषित बने ।

 


प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शरद ढकालले नगद, ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो । खेलकुदको विकाससंगै विस्तारमा टेवा पु¥याउने उद्देश्यले पहिलो पटक दुई दिने तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको सैनिक आवासीय महाविद्यालयले जनाएको छ ।

 

प्रतियोगिताको समापन समारोहमा सैनिक आवासीय महाविद्यालयका सम्पर्क अधिकृत सेनानी नरोत्तम पौडेल, महाविद्यालयका प्रिन्सिपल अशोकराज खाती, अतिरिक्त खेल संयोजक, विद्यालयका खेल शिक्षक, अन्य शिक्षक, तेक्वान्दो संघका पदाधीकारीहरुको सहभागिता रहेको थियो ।

<